समाचारसोमबार, आषाढ २४, २०७०
गृहमन्त्रीको नेतृत्वमा सरकारी वार्ताटोली गठन
राजधानीमा २४ असारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको सरकार प्रवक्ता तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार सरकारी वार्ता टोली १६ सदस्यीय छ ।
वार्ता टोलीमा वरिष्ठ सचिव तथा केही सहसचिवहरू सदस्य छन् । टोलीलाई असन्तुष्ट दलसँग वार्ता गरेर निर्वाचनको वातावरण बनाउने जिम्मेवारी दिइएको छ ।
