समाचारमंगलबार, आषाढ २५, २०७०

सुत्केरी छुन नमान्दा स्वयम्सेविकाको जागिर गयो

हिमालखबर

दुई दर्जनभन्दा बढी स्वास्थ्य संस्थामा कार्यरत स्वयम्सेविकालाई जिल्ला स्वास्थ्य कार्यालयले निष्काशन गरेको हो । बैडतीको दुर्गम मानिएको पूर्वी क्षेत्रमा पर्ने थलाकाँडा गाविसका नौमध्ये आठ  तथा अन्य गाविसमा एकदेखि तीन जनालाई हटाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भर्खरै जन्मेको शिशु र सुत्केरीलाई छुन नमान्ने ती स्वयम्सेविकालाई हटाएर नयाँ नियुक्त गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. गुणराज अवस्थीले बताए । गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य परामर्श तथा प्राथमिक उपचार गर्न खटाइएका स्वयम्सेविकाले सुत्केरी र नवजात शिशुलाई नछुने गरेकाले उनीहरूको सट्टा नयाँ स्वयम्सेविका नियुक्त गरिएको उनले जानकारी दिए ।

स्वयम्सेविकाको झोलामा १० प्रकारको औषधी चौबिसै घन्टा अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गर्न जिल्लाका ६८ स्वास्थ्य संस्थालाई निर्देशन दिइएको समेत अवस्थीले बताए । अहिले जिल्लाका ४१ स्वास्थ्य संस्थामा प्रसूति सेवा सञ्चालनमा आएको तथा केही महिनायता सुत्केरी र शिशुलाई नछुने अभिभावकलाई जिल्ला अस्पतालमा समेत प्रवेश निषेध गरिएको छ ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>