थप समाचारमंगलबार, आषाढ २५, २०७०
बाढीले एकको मृत्यु, एक बेपत्ता
झापा, पाँचगाछी–१ कमल खोलाले बगाएर ल्याएको महिलाको शव २५ असारमा खोला किनारमा फेला परेको हो । आन्दाजी ४० बर्षे महिलाको परिचय भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
यसैगरी पश्चिम झापाको दमक–१२ का २५ वर्षीय शिवकुमार राईलाई स्थानीय रतुवा नदीले बगाएको छ । स्थानीय सुकुम्बासी वस्तीका राईलाई घर नजिकैबाट नदीले बगाएको थियो । पानीको सतह बढेपछि प्रहरीले दमकको दिपेनी खोलाधारका २५ परिबार सुकुम्बासीलाई उद्धार गरी बाहिर निकालेको छ ।
सुकुम्बासी वस्तीका एकसय पचास घर डुबानमा परेपछि त्यहाँका बासिन्दालाई तीन किलोमिटर टाढाको स्कुलमा राखिएको छ ।
गोपाल गडतौला, झापा
