समाचारबिहीबार, आषाढ २७, २०७०
नदीमा डुबेर तीन जनाको मृत्यु
घरबाट रोपाईका लागि निस्केका तम्सरिया–८ का सुशन कुमाल(१६), मेलिना कुमाल(१२) र एलिना कुमाल(१४)को मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । मृत्यु हुनेहरू दाजुभाईका छोराछोरी हुन् ।
स्थानीयबासी र प्रहरीले उद्धार गरी उपचारका लागि ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यालय छुट्टीको समय भएको र खेतमा रोपाई भएकाले उनीहरु बिहानको खाना खाएपछि खोला तिर निस्केका थिए । नवलपुर अवासीय उच्चमावि चोरमारामा एलिना कक्षा ८ र मेलान कक्षा ५ मा विद्यार्थी हुन । सुशनले नवजागरण उच्चमावि चोरमारामा कक्षा ९ मा पढ्थे ।
नवलपुर आवासीय उच्च माविका प्रचार्य भीमलाल अधिकारीले अनुशासित र लगनशिल विद्यार्थी गुमाएको भनदै चिन्त व्यक्त गरे । तीनै जनाको शब पोष्ट मार्टमका लागि दुम्कौली अस्पताल लगिएको छ ।
विद्रोही गिरी, नवलपरासी
