थप समाचारशुक्रबार, आषाढ २८, २०७०
बाढीपीडित विद्यार्थीलाई अमेरिकाबाट सहयोग
२८ असारमा आयोजित एक कार्यक्रमकाबीच सामुदायिक विद्यालयमा अध्ययनरत ६५ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
कञ्चनपुरको महेन्द्रनगर–१८ घर भई हाल अमेरिकामा रहेका विद्यार्थी सुजाता बोहराले शैक्षिक सामग्री उपलब्ध गराएकी हुन् ।
वाढीले घरसँगै विद्यार्थीका पाठ्यपुस्तक, कापीकलम, झोला र पोशाक बगाएपछि आफ्नो पकेट खर्चबाट बोहराले शैक्षिक सामग्री सहयोग गरेका हुन् ।
खलंगा गाविसको जगन्नाथ प्राविका १६, उमावि खलंगाका ११, कैलाशपति निमावि छाङरुका २२, मोती महिला संघ प्राविका ३ जना, दशरथनगर प्राविका ८ जना र छन्नातिंकरी कन्यामाविका ५ विद्यार्थीलाई सामग्री वितरण गरिएको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा सुजाता बोहराका आमा जानकी बोहराले थोरै भए पनि दुःखका बेला केही सहयोग गर्न खोजेको बताइन् ।
बच्चु विक/दार्चुला

