समाचारशुक्रबार, आषाढ २८, २०७०
दलीय नेतृत्वमा मात्र चुनाव सम्भवः गजुरेल
चीन भ्रमणबाट फर्किलगत्तै २८ असारमा भएको अन्तरक्रियामा उपाध्यक्ष गजुरेलले प्रधानन्यायधीश खिलराज रेग्मी नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने दावी दोहोर्याए । गजुरेलले चार दल निःसर्त वार्तामा आइ दलीय नेतृत्वमा सरकार गठन गर्न तयार भए मात्र निर्वाचन सम्भव हुने बताए । उनले भ्रमणका क्रममा चीनका उपप्रधानमन्त्रीसँग भेटवार्ता गरेको र दलहरु एकतावद्ध भएर अघि बढ्न सुझाव पाएको जानकारी दिए ।
फरक प्रसंगमा उपाध्यक्ष गजुरेलले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बावुराम भट्टराईबीच भित्र भित्रै फाटो आइसकेकाले आफूहरुसँग एकता हुनै नसक्ने बताए ।
भारतका परराष्ट्रमन्त्री आउने कुरा आफूहरुलाई जानकारी नभएको गजुरेलको दाबी छ । अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष गजुरेल २४ असारमा चीन भ्रमणमा गएको भोलिपल्ट भारतीय परराष्ट्रमन्त्री सलमान खुर्सिद एक दिने नेपाल भ्रमणमा आएका थिए ।
