समाचारशुक्रबार, आषाढ २८, २०७०

चुनाव सार्न गोप्य सहमति भएको छैनः पौडेल

हिमालखबर

पुर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोख्रेलले यस सम्बन्धमा दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा पौडेलले त्यस्तो कुनै सहमति नभएको दाबी गरेका हुन् ।

लिफ्ट प्रविधिको सिंचाई आयोजना उद्घाटनका क्रममा तनहुँको दुम्सी पुगेका पौडेलले संचारकर्मीहरुसँग कुराकानी गर्दै ४ मंसीरमा जसरी पनि संविधानसभा चुनाव हुनुपर्ने बताए ।

“अहिले चुनावी प्रक्रिया भन्दा बाहिर रहेका दलहरुलाई समावेश गराउन पहल भइ रहेको छ” उनले भने “उनीहरु केहि गरे आएनन् भने पनि चुनाव भएरै छाड्छ ।”

आफुहरुले पटक पटक गरेको छलफलकै प्रतिफल स्वरुप नेकपा–माओवादीले वार्ता टोली गठन गरेको भन्दै पौडेलले उनीहरु अब निर्वाचनको प्रक्रियामा आउने विश्वास व्यक्त गरे । अहिले चुनावमा नआउने दल पछि म्याद थप्दा आउने भन्ने ग्यारेन्टी नहुने पनि पौडेलको भनाइ छ ।

निर्वाचन निष्पक्ष र स्वतन्त्र बनाउनका लागि प्रधानन्यायाधिशलाई सरकारको नेतृत्व दिइएको र अब यसमा पुनर्विचार हुन नसक्ने उनले बताए । “प्रधानन्यायाधिशभन्दा स्वतन्त्र अरु कोही छैनन् । अब चुनावअघि सरकार परिवर्तन हुन्न, यही सरकारले चुनाव गर्छ” पौडेलले भने ।

पवन पौडेल/तनहुँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>