समाचारशनिबार, आषाढ २९, २०७०

लुम्बिनीमा उच्च सुरक्षा सतर्कता

हिमालखबर

लुम्बिनीको सुरक्षामा यसअघि सशस्त्र प्रहरी मात्र खटिँदै आएकोमा बोधगयाको घटनापछि लुम्बिनीलगायतका स्थानमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ । बौद्ध धर्मावलम्बिहरुको आस्था र विश्वासको केन्द्र लुम्बिनीलगायतका क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको रुपन्देहीका प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए ।

प्रहरी उपरीक्षक पालका अनुसार लुम्बिनीको विशेष सुरक्षाका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना सुरक्षाकर्मीको टोली खटाइएको छ । कतिपय स्थानमा सादा पोसाकका प्रहरी पनि खटाइएको र सीमा क्षेत्रमा पनि सतर्कता बढाइएको छ । यस क्षेत्रका बुद्धसँग सम्बन्धित कपिलबस्तु, रामग्रामलगायतका स्थानलाई उच्च सुरक्षा निगरानीमा राखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लुम्बिनीमा आउने सबै पर्यटकलाई चेकजाँच गरेरमात्र प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ । सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै आन्तरिक सुरक्षा प्रणालीलाई पनि मजबुत पारिएको कोषका कोषाध्यक्ष ओमप्रकास अर्यालले जानकारी दिए । केही दिनअघि बसेको कोषको आकस्मिक बैठकले तत्कालीन र दीर्घकालीन गरी दुई प्रकारको सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>