थप समाचारशनिबार, आषाढ २९, २०७०
द्वन्द्वपीडित टुहुरा समाजमा पुनः अधिकारी
राजधानीमा २९ असारमा सम्पन्न समाजको पांचौ अधिवेशनले अधिकारीलाई पुनः अध्यक्षमा चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा मैना कार्की, सचिवमा ज्ञानेन्द्रराज आरण, सहसचिवमा अञ्जनी कोइराला र कोषाध्यक्षमा जनककुमारी कोइराला रहेका छन् । यस्तै सदस्यहरुमा सावित्रि श्रेष्ठ, अनिता ज्ञवाली, विमला सिवाकोटी र रमेश भट्ट छन् ।
द्वन्द्वपीडित टुहुरा समाज नेपाल १० वर्षे सशस्त्र द्वन्द्वका नाममा भएका गम्भीर मानवअधिकार हनन्का कारण अभिभावक गुमाएर पीडित भएका परिवारका सदस्यहरु मूलतः टुहुराहरुको सक्रियतामा न्याय, परिपुरण तथा दीगो शान्तिका लागि २०५९ सालमा स्थापित संस्था हो । समाजले द्वन्द्वका काण अरु वालवालिका टुहुरा हुन नपरोस् भन्ने कामनाका साथ हामीमा रहेको पीडा एवं आक्रोशको भावनालाइ हामी दीगो शान्ति स्थापनार्थ रचनात्मक कार्यमा सर्मपित रहदै आएको छ ।
अधिवेशनले द्वन्द्वपीडित नागरिकहरुलाइ माओवादी जनयुद्धका नाममा परिचयपत्र प्रदान गर्ने सरकारको निर्णयले शान्ति सम्झौताको उल्लंघन एवं द्वन्द्वपीडितको अपमान गरेका ठहर गर्दै उक्त परिचयपत्रको जोडदार विरोध गर्दै शान्ति सम्झौता, अन्तरिम संविधान लगायतका सहमतिहरुका आधारमा परिचयपत्र प्रदान गर्ने व्यवस्था तुरुन्त मिलाउनका लागि सरकार समक्ष जोडदार माग गरेको छ । साथै गम्भीर मानवअधिकार हनन्का घटनाहरुमा संलग्न भएको आरोपमा फौजदारी अभियोग लागेका व्यक्तिहरुलाइ समेत संविधानसभाको निर्वाचनमा उम्मेदवार बनाउने गरी हालै सरकारले जारी गरेको निर्वाचन ऐनले अपराधको राजनीतिकरण गरेको र पीडित समुदायलाइ अपमान मात्र नगरेर निर्वाचनमा द्वन्द्वपीडितको सहभागितालाइ समेत वेवास्ता गरेकोले फौजदारी अभियुक्तलाइ उम्मेवार बन्न दिन नहुने माग अधिवेशनले राखेको छ ।

