थप समाचारमंगलबार, साउन १, २०७०
माडी बन्द खुल्यो
सुरक्षित यात्रा गर्न पाउनु नागरिकको अधिकार भएको भन्दै गरिएको यातायात बन्द २ साउनमा वार्तामार्फत समाधान गर्ने सहमती भएपछि खुलेको हो । सुरक्षित यात्रा सम्बन्धी ८ बुँदे माग राख्दै उनीहरूले यातायात बन्द गर्दै आएका थिए ।
स्थानीय राजनीतिक दल, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरुबीच वार्ता गर्ने सहमति भएको हो । ३० असारमाभरतपुरबाट बगईतर्फ गईरहेको ग१ख ३८८४ को बस बघौडामा दुर्घटना भएपछि माडीबासी आन्दोलनमा थिए ।
सविता श्रेष्ठ, चितवन
