समाचारमंगलबार, साउन १, २०७०
चर्को हर्न बजाउने एक हजार चालक कारवाहीमा
काठमाण्डौ उपत्यकामा अनधिकृत रुपले हर्न जडान गरी सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी जथाभावी हर्न बजाउने सवारी साधनहरुलाई १८ असारयता कारवाही थालिएको हो । सार्वजनिक सवारी साधनहरुले सवारी साधनमा कम्पनिबाट जडान भएर आएको हर्नलाई विस्थापित गरी चर्को ध्वनीका डिजिटल/प्रेसर हर्न जडान गरी चलाउने गरेको पाईएको ट्राफिक प्रहरी प्रवक्ता डिएपी पवन गिरीले बताए ।
चर्को ध्वनी भएका प्रेसर तथा डिजिटल हर्न जडान गरी जथाभावि हर्न बजाएको पाइएमा उपकरण झिक्न लिगाउने र रु.५०००।– सम्म जरिवाना लिने प्रवक्ता गिरीले जानकारी दिए ।
ध्वनीसम्बन्धी जानकारी
मानिसको सामान्य सुन्ने क्षमता २६ डेसिवल हुन्छ र ६० डेसिबलसम्मको ध्वनी स्वीकारयोग्य हुन्छ । ७० डेसिवलको ध्वनी मानव स्वास्थ्यको लागि हानिकारक हुन्छ । सामान्य सवारी साधनको हर्नका डेसिवल १०० भन्दा बढी हुन्छ ।
प्राथमिक स्वास्थ्य सेवा स्रोतका अनुसार ध्वनीले गर्दा टाउको दुख्ने, कान कम सुन्ने, चिटचिटापन बढ्ने, तनाबमा रहने, एकाग्रता नहुने, वाकवाक हुने, मुटु सम्बन्धि समस्या हुने, निन्द्रा कम लाग्ने, बोलिमा प्रभाव पर्ने, रिस उठ्ने समस्या देखिन्छन् ।
देबकी विष्ट, काठमाडौं
