थप समाचारमंगलबार, साउन १, २०७०
संक्रमित बालबालिकालाई सहयोग
नेपालवाणी नेटवर्कको समन्वयनमा आफूहरूले चामल र लत्ताकपडा सहयोग गरेको एचडिएनपीका सल्लाहकार जनक रानाले जानकारी दिए । अमेरिकामा रहेका नेपालीहरूले सञ्चालन गरेको एचडिएनपीले पिछडिएका व्यक्तिलाई शिक्षा, आधारभूत स्वास्थ्य सेवा लगायत क्षेत्रमा सहयोग गर्ने गरेको छ ।
एचआइभी संक्रमित बालबालिकाहरूलाई आश्रय दिदै आएको पुनर्बल प्लसकी सचिव अप्सरा कार्कीले साधन स्रोतको अभावमा थप संक्रमित बालबालिकालाई आश्रय दिन नसकेको बताइन् । सहयोग हस्तान्तरण कार्यक्रममा एचआइभी क्षेत्रमा काम गर्ने संस्थाहरूको महासंघकी महासचिव मिरा कुवरले मुलुकभरमा एचआइभी संक्रमित बालबालिका झन्डै ४३ सय रहेको जानकारी दिइन् ।
देबकी विष्ट, काठमाडौं
