समाचारमंगलबार, साउन १, २०७०
भट्टराईलाई वरिष्ठ नेतामा प्रस्ताव
लाजिम्पाटस्थित आफ्नै निवासमा १ साउनमा बसेको पदाधिकारी, केन्द्रीय सङ्गठन विभाग, व्युरो इन्चार्ज र राज्य समितिका संयोजकहरूको संयुक्त बैठकमा दाहालले यस्तो प्रस्ताव गरेका हुन । उनको प्रस्तावमा बैठकमा सहभागी अन्य नेताहरू आ–आफ्ना धारणा राखेका थिए ।
एमाओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले पद त्यागको भावना जायज भए पनि समय भइनसकेको विषयमा छलफल केन्द्रित रहेको जानकारी दिए । उनले पार्टीमा नयाँ नेतृत्वको श्रृङ्खला विकास गरेर मात्रै शीर्ष नेताहरूले पद त्याग गर्नुपर्ने बताए ।
यसैबीच बैठक सकिएपछि पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “कुनै उच्च कार्यकारी पदमा नबसिकनै देश र जनताको निरन्तर सेवा गरिरहने कुरामा म दृढ छु र रहनेछु । कसैलाई कुनै भ्रम नरहोस् ।”
