समाचारबुधबार, साउन २, २०७०

निर्वाचन विरोधीहरु सल्बलाएः दाहाल

हिमालखबर

२ साउनमा पार्टी मुख्यालय कोटेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो पक्षमा निर्वाचनको परिणाम नआउने अवस्था भएपछि केही दलहरु विभिन्न बहानामा निर्वाचन विथोल्न लागिपरेको बताए । उनले वामपन्थी र कम्युनिष्टहरुको एकतालाई दक्षिणपन्थीहरुले बिथोल्न खोजेको दावी गरे ।

अध्यक्ष दाहालले मिडियाले पनि आफूलाई सहयोग नगरेको आरोप लगाए । उनले एमाओवादीले स्थापित गरेका एजेण्डा र मुद्दाहरु बोकेर अन्य दलले आफूहरुलाई कमजोर बनाउन खोजेको गुनासो समेत गरे । कार्यक्रममा नेकपा एमाले गुल्मीका टंकप्रसाद पोखरेल, गणेश विक र बाबुराम पोखरेललगायत विभिन्न कार्यकर्तालाई टिका र खादा ओढाएर एकीकृत माओवादीमा प्रवेश गराइयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>