थप समाचारबुधबार, साउन २, २०७०

लोकमार्ग अवरुद्ध, गर्भवतीको अवस्था गम्भीर

हिमालखबर

३० असारदेखि सडक अवरुद्ध हुँदा सल्यान बाँफुखोला ३ की खिमाकुमारी वली र डाँडागाउँकी बिमला विकको अवस्था गम्भिर बनेको हो ।

अप्रेशन गरेरै बच्चा निकाल्न पर्ने जटिल अवस्था भएकाले कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरले रिफर गरेको हो ।

२ साउन साँझसम्म अस्पताल नपुर्याए दुबैको आमा र बच्चाको ज्यान जानसक्ने अस्पतालले जनाएको छ ।

दाङ सल्यानको सिमानामा पर्ने राम्री देखि सल्यानको लुहाम बजारसम्म ठाउँठाउँमा ठूल्ठूला ढुंगासहित पहिरो झरेकाले अझै दुई तीन दिन सडक खुल्ने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यातायात सञ्चालनका लागि अहिले त्यस क्षेत्रमा तीनवटा डोजर लगाइएको छ । राप्ती लोकमार्गमा सडक कालोपत्रे भइरहेको र ठाँउ ठाँउमा सडक बिग्रेकोले समस्या हुँदै आएको हो ।
सडक जोखिपूर्ण भएकाले दाङ काठमाण्डौंदेखि रुकुम आउने र रुकुमबाट बाहिरिने सवारी साधनलाई यो बाटो पार गर्न तीन दिन लाग्ने गरेको छ ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>