थप समाचारबुधबार, साउन २, २०७०
नवलपरासीमा बढी दुर्घटना
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले सार्वजनिक गरेको पश्चिमाञ्चल विकास क्षेत्रमा गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनाको लगतका आधारमा यो तथ्यांक बाहिर आएको हो ।
त्यसैगरी सबै भन्दा कम दुर्घटना हुने जिल्लामा मनाङ्गमा दुई र म्याग्दीमा आठ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी मोटरसाइकलको मात्रै दुई सय ८५ दुर्घटना भएको छ ।
नवलपरासीको यो वर्षको दुर्घटनाको संख्या अघिल्लो आर्थिक वर्षको तथ्यांकका हिसाबले ३४ जनाले कम हो । मादक पदार्थ सेवन (मापसे) चेक जाँच र नियमित सवारी जाँचका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । लामो राजमार्ग भएकाले नवलपरासीमा दुर्घटना बढी हुने गरेको छ ।
दाउन्ने देखि गैंडाकोट सम्म सवारी दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी पदम वडुले बताए । जसमा ४४ बस, ३२ ट्रक, १३ जीप/कार, मोटरसाईक ४३ रहको छ । त्यस्तै ट्याक्टर १३, साइकल/ठेला २० र अन्य सवारी ५ दुर्घटना परेका छन् । जिल्लामा पनि मोटरसाइकल नै बढी दुर्घटनामा परेका छन् । घाईतेको संख्या दुई सय ५८ रहेको छ । जुन तुलनात्मक रुपमा घट्दो छ ।
विद्रोही गिरी, नवलपरासी
