समाचारबुधबार, साउन २, २०७०

दाहालको पत्रप्रति माओवादीको विमति

हिमालखबर

नेकपा–माओवादी सचिव देव गुरुङले बिनासर्त वार्तामा बस्नुपर्ने आफूहरुको चाहना विपरीत पत्र आएको बताए । निर्वाचनसम्बन्धी पूर्व सर्तसहितको वार्ता प्रस्ताव आन्दोलनरत दलहरुलाई अमान्य भएको गुरुङ्गको भनाई छ । उनले विना शर्त वार्तामा बस्न पाउनु पर्ने बताए । समितिको पत्रबारे ३३ दलको साझा धारणा भने तय भई सकेको छैन ।

उच्चस्तरीय समितिको संयोजक पुष्पकमल दाहालले २ साउन मध्यान्ह माओवादीलाई पत्राचार गरेका थिए । यसअघि आज बिहान भएको समितिको बैठकले आन्दोलनरत दलहरूलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>