थप समाचारबुधबार, साउन २, २०७०
एनआरएनद्वारा बाढीपीडितलाई ५० लाख सहयोग
एनआरएनका अध्यक्ष जीवा लामिछानेले २ साउनमा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई सहयोग रकम चेक मार्फत हस्तान्तरण गरेका हुन । सहयोग रकम प्रधानमन्त्री कार्यालयको दैवीप्रकोप उद्धार कोषमार्फत पीडित कहाँ पुग्नेछ ।
सङ्घको स्विट्जरल्यान्डको ज्यूरिचमा सम्पन्न छैंठौ बैठकले दार्चुलालगायत सुदूरपश्चिमाञ्चलका बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेको थियो । एनआरएन अध्यक्ष लामिछानेले थप रु १० लाख पनि चाँडै नै सरकारलाई उपलब्ध गराउने जानकारी दिए ।
