समाचारबिहीबार, साउन ३, २०७०

चोरी आरोपमा कुटपिट गर्दा बालिकाको मृत्यु

हिमालखबर

सप्तरीको बैरबा–३ की संगीता पौडेलको कुटाइबाट जगतपुर–४ की १२ वर्षीया तारो खङ्गको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नो मोबाइल चोरेको भन्दै संगीताले तारोलाई २ साउन साँझ कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी तारोलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । प्रहरीले संगीतालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

जगतपुर–४ का ठण्डा खङ्गकी छोरी तारो बैरबा–३ स्थित आफ्नै मामा नन्दकिशोर खङ्गको घरमा बस्दै आएकी थिइन् ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>