समाचारशुक्रबार, साउन ४, २०७०
संविधान साझा दस्तावेज बन्नुपर्छः यादव
अवधी पत्रकार संघले ४ साउनमा नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले दुई तिहाईका आधारमा संविधान निर्माण भए त्यो टिकाउ हुन नसक्ने बताए । उनले संविधानलाई सबै नेपालीको साझा दस्तावेज बनाउनु पर्ने धारणा राखे ।
पूर्व मन्त्री समेत रहेका नेता यादवले निर्वाचन प्रक्रियाको विपक्षमा उभिएका दललाई सहमतिमा नल्याई तोकिएको मितिमा निर्वाचन हुन नसक्ने उल्लेख गरे । विपक्षमा उभिएका दलले उठाएका जायज माग सम्बोधन गर्नुपर्ने यादवको भनाई थियो । रासस
