थप समाचारशुक्रबार, साउन ४, २०७०
पूर्वाग्रह नराखी अनुसन्धान गर्न रानाको निर्देशन
महानगरीय प्रहरी आयुक्त कार्यालयमा भएको ‘नेपालमा नागरिक सुरक्षा तथा कानूनी शासन सबलीकरणका लागि अपराध अनुसन्धान तथा अभियोजनमा प्रभावकारिता’ विषयक संवाद कार्यक्रममा बोल्दै महानिरीक्षक रानाले संगठनभित्रका कमी–कमजोरीलाई सुधार्दै अपराध अनुसन्धान प्रभावकारी बनाउन सबै प्रहरी लाग्नु पर्ने बताएका हुन् ।
“एक दशकको द्वन्द्वले प्रहरीको कार्यक्षमता वृद्धिमा निकै असर पुर्याएको छ” रानाले भने “संगठनभित्रका विभिन्न अभाव र समस्याका बावजूद पनि प्रहरीले जनतालाई शान्ति सुरक्षा प्रदान गर्दै आएको छ ।”
अहिले पनि अपराध अनुसन्धानमा प्रहरीको संख्या अपुग रहेकाले प्रहरी–नागरिकको सहकार्यले मात्र समाजमा शान्ति सुरक्षा प्रभावकारी हुने उनले बताए । कार्यक्रममा अधिवक्ता हरि फुँयालले प्रहरीले नियन्त्रणमा २० प्रतिशत थुनुवालाई यातना दिएको रिपोर्ट आएकाले आचरण सुधार्नुपर्ने बताए ।
देबकी विष्ट, काठमाण्डौं
