समाचारशुक्रबार, साउन ४, २०७०

नौ एसपी र एघार डिएसपीको बढुवा(नामावली सहित)

हिमालखबर

४ साउन साँझ बढुवा हुने एसपीहरूमा ठाकुरराम बर्तौला, पुष्पचन्द्र रञ्जित, ज्ञानविक्रम शाह, शरद चन्द, धीरु बस्नेत, श्याम खत्री, पवन खरेल, मनोज न्यौपाने र बलराम शर्मा पौडेल छन् ।

त्यसैगरी ११ जना डिएसपीलाई एसपीमा बढुवा गरिएको छ । बढुवा हुनेहरूमा सानुबाबु थपलिया, किशोरकुमार दाहाल, भोजराज ओझा, नलप्रसाद उपाध्याय, नरबहादुर खत्री, हरिबहादुर वाग्ले, भोजजंग शाह, मोहन आचार्य, भीमबहादुर लामा, देवबहादुर बोगटी र प्रदीपकुमार श्रेष्ठ छन् ।

प्रहरी प्रधान कार्यालयले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवाको सिफारिस गरेको बताएपनि यो बढुवा प्रहरी भित्रै विवादित बनेको छ । कार्यक्षमताको आधारमा बढुवा गरेको भनिएपनि केही क्षमतावान एसपी र डिएसपीहरू बढुवामा परेका छैनन् ।

तालिम केन्द्र प्रमुख फेरिए
गृह मन्त्रालयले आजै पाँच वटा क्षेत्रीय प्रहरी तालिम केन्द्र प्रमुख समेत परिवर्तन गरेको छ । तालिम केन्द्रकोे जिम्मा पाएका एसएसपीहरूमा पूर्वमा गोविन्द निरौला, मध्यमा पशुपति उपाध्याय, पश्चिममा विजय भट्ट, मध्यपश्चिममा माधव जोशी र सुदुरपश्चिममा धीरु बस्नेत छन् । ६ साउनदेखि निर्वाचन आचार संहिता लागु हुने भएकाले रातारात बढुवा र सरुवा गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>