समाचारशनिबार, साउन ५, २०७०
समावेशीको नाममा संविधानसभा ठूलो बनाउनु हुँदैनथ्योः ओली
वाग्मती अञ्चल सम्पर्क कमिटीले ५ साउनमा काठमाडौंमा आयोजना गरेको प्रतिनिधि परिषद्को बैठकलाई सम्बोधन गर्दै फेरि संविधानसभा खर्चिलो र भड्किलो बनाए यसअघि जस्तै संविधानसभाले काम पूरा गर्न नसक्ने बताए । उनले बिगतबाट पाठ सिकेर पार्टीलाई संविधानसभामा विजयी गराउने आलोचना र टिकाटिप्पणी भन्दा पनि चुनावी अभियानमा लाग्न कार्यकर्तालाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै नेता ओलीले एनेकपा माओवादीले महत्वकांक्षी योजना ल्याएर जनतामाथी भ्रम सिर्जना गरेकाले एमालेले जनतालाई न्याय दिनुपर्ने धारणा राखे । माओवादी असफल नभएसम्म उत्पीडित र उपेक्षित नेपालीहरुको पक्षमा काम गर्न नसकिने उल्लेख गरे ।
