समाचारआइतबार, साउन ६, २०७०
माओवादी पूँजीपति विरोधी होइनः बैद्य
६ साउनमा वीरगञ्जमा आयोजित कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको छलफलमा बैद्यले भने, “हामी पूँजीपति बिरोधी होइनौं ।” बैद्यले देशमा रोजगारीका अवसर बढाउन कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने समेत बताए ।
रेमिट्यान्सको भरमा देशको आर्थिक विकास हुन नसक्ने उल्लेख गर्दै उनले देशको श्रम र सीप विदेश पलायन भइरहँदा पनि सरकार उदासीन रहेको बताए । बीरगञ्ज उद्योग वाणिज्य संघले उद्योग क्षेत्रको लगानी सुरक्षित गर्न वारा–पर्सा औद्योगिक करिडोरलाई औद्योेगिक क्षेत्र घोषणा गर्न सरकारसँग गरेको मागप्रति आफ्नो दलको समर्थन रहेको समेत बैद्यको भनाई थियो ।
बिम्मी शर्मा, वीरगञ्ज
