समाचारसोमबार, साउन ७, २०७०
खोलामा डुबेर एक बालकको मृत्यु
७ साउनमा गुल्मीको दोहली गाविस निवासी कृष्ण परियार र इश्वरा परियारको छोरा ११ वर्षीय सन्देश परियारको मृत्यु भएको हो । परियारको तम्घास ८ कै बाउले खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रेसुङ्गा माध्यमिक विधालयमा कक्षा ४ मा अध्यनरत परियार परिक्षा दिएर साथीसँग पौडी खेल्न गएका थिए ।
गगनशिला खड्का, गुल्मी
