थप समाचारमंगलबार, साउन ८, २०७०
वैदेशिक रोजगारले सम्बन्ध विच्छेद बढायो
घरेलु हिंसा, वैदेशिक रोजगारी, सचेतना तथा महिला वा पुरुषबीचमा बेमेल बढ्दै जान थालेका छन् ।
पछिल्लो समयमा जिल्ला अदालत पर्वतमा दुई वर्षको अवधिमा ८३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये अधिकांश वैदेशिक रोजगारीका कारण भएको देखिन्छ । विदेशमा पुरुष वा महिला गएपछि एकले अर्कोको अविश्वास गर्ने र विभिन्न खालका घरेलु हिंसा बढ्दै जान थालेका कारण सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका हुन् ।
जिल्ला अदालतमा अघिल्लो आव २०६८÷०६९ मा ३३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा २७ वटा मुद्दा किनारा लागेको अदालतले जनाएको छ । त्यसैगरी गत आवमा ५० वटा मुद्दा दर्ता भएको र प्रक्रियामा रहेको जिल्ला अदालतका श्रेस्तेदार विनोद रखालले जानकारी दिए ।
रासस
