समाचारमंगलबार, साउन ८, २०७०

भारत जानुअघि राष्ट्रपतिसँग भेट

हिमालखबर

९ साउनमा भारत भ्रमणमा जानुअघि भेट्न पुगेका नेता नेपाललाई राष्ट्रपति रामवरण यादवले निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिने वातावरण बनाउन र निर्वाचनको प्रतिकूल कार्य हुन नदिन ठूला दलले पहल गर्नुपर्ने सुझाव दिएको नेता नेपालले बताएका छन् ।

नेपालले ९ साउनदेखि भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणमा भारतको भ्रमण गर्दै छन् । पाँचदिने सो भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री नेपालले भारतका केही वरिष्ठ नेतासँग भेट गर्ने तथा नालन्दा विश्वविद्यालयको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनका साथमा एमालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमामिलाविज्ञ राजन भट्टराई पनि रहनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>