थप समाचारबुधबार, साउन ९, २०७०

दुधमा डुबेर बालकको मृत्यु

हिमालखबर

इलाम स्थाई घर भई ताप्लेजुङ सदरमुकाममा दुध डेरी सञ्चालन गर्दै आएका महेश अधिकारीका तीन वर्षिय छोरा मल्लब अधिकारीको तताएको दुधमा डुबेर मृत्यु भएको हो ।

८ साउन दिउँसो खेल्दै गरेका बालक तताएर २५ लिटर तातो दुध राखेको भाडोमा परेर डुवेको पारिवारिक स्रोतले बताएको छ । तातो दुधमा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि धरानस्थित विपी स्वास्थ्य प्रतिष्ठान  लैजादै गर्दा बाटोमै राति १ बजे मृत्यू भएको बालकका बाबु  महेश अधिकारीले जानकारी दिए ।

अधिकारी परिवारले ताप्लेजुङ सदरमुकाममा एक बर्ष अघिदेखि दुध डेरी सञ्चालन गर्दै आएको थियो ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>