समाचारबिहीबार, साउन १०, २०७०

परिचयपत्रमा ‘जनयुद्ध’ राखेको विरोधमा रिट

हिमालखबर

द्वन्द्व पीडित टुहुरा समाजलगायतका संघसंस्थाले ९ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेको हो । रिटमा सरकारलाई विपक्षी बनाइएको छ ।

‘राजनीतिक द्वन्द्वको क्रममा मृत्युवरण गरेका वा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र प्रदान गर्ने निर्देशिका’ मा ‘जनयुद्ध’ को सट्टा सशस्त्र द्वन्द्व लेख्नुपर्ने उनीहरूको माग छ । संविधान र विघटित संविधानसभाबाट समेत अस्वीकृत भएको ‘जनयुद्ध’ शब्दले माओवादीबाट पीडितहरूलाई थप पीडा दिने उनीहरूको निश्कर्ष छ ।

निर्देशिकामा ‘मृत्युवरण गरेका’ सट्टा ‘मारिएका’ लेख्नुपर्ने उनीहरूको माग छ । यस्तो माग गर्नेमा द्वन्द्व पीडित टुहुरा समाज,द्वन्द्व पीडित राष्ट्रिय समाज, न्यायका लागि द्वन्द्व पीडित समाज छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>