थप समाचारबिहीबार, साउन १०, २०७०
स्पेनमा रेल दुर्घटनामा सतहत्तरको मृत्यु
उत्तरपश्चिम स्पेनको यस इलाकामा उच्चगतिमा आएको रेल अकस्मात लिकबाट तलखस्दा दुर्घटना भएको हो । दुर्घटनामा १४३ जना घाइते भएको पनि स्पेनी अधिकारीहरुले जनाएका छन् ।
दुर्घटनाग्रस्त रेलबाट ७३ जनाको शव तत्काल निकालिएको र चार जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचारमा जनाइएको छ । दुर्घटनापछि ठूलो आवाज आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सो रेलमा रेलका कर्मचारीसहित २१८ जना यात्रु सवार थिए । उत्तरपश्चिम क्षेत्र गलिसियाको सान्टीयागो डे कोम्पास्टेला स्टेसनबाट सो रेल आएको थियो ।
स्पेनमा सन् १९४४ मा पनि मद्रिद र गलिसियाकोबीचमा भएको एक रेल दुर्घटनामा सयौं व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी सन् १९७२ मा दक्षिणी स्पेनमा भएको एक रेल दुर्घटनामा ७७ व्यक्तिको मृत्यु भएको थियो ।
एएफपी

