समाचारबिहीबार, साउन १०, २०७०
सरकारी निकायसँग समन्वय गरेर मात्र राहत वितरण गर्न सरकारको निर्देशन
निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन भन्दै निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा कसैले पनि राहत वितरण कार्य गर्दा सरकारी निकायसँग समन्वय गरेर मात्रै गर्नु पर्ने भन्दै १० साउनमा बसेको मन्त्रिपरिषदको बैठकले निर्णय कार्यान्वयनका लागि मातहतका सबै निकायहरुलाई निर्देशन समेत दिएको छ ।
त्यसैगरी बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद १० दिन थप गर्ने निर्णय गरेको छ ।
पूर्वन्यायाधीश ताहिरअली अन्सारीको संयोजकत्वमा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले समय अपुग भएको भन्दै १५ दिन समय थप्न सरकारसँग माग गरेपछि मन्त्रिपरिषद बैठकले आयोगको म्याद १० दिन थपेको हो ।
