समाचारशुक्रबार, साउन ११, २०७०

पूर्वराजपरिवारका सदस्यले राहत वितरण गरेनन्

हिमालखबर

राहत सामाग्री वितरण गर्न नपाएपछि निराश देखिएका पूर्वराजा र पूर्वराजपरिवारका सदस्यहरु । तस्वीरः बच्चु विक

सुदुरपश्चिमका बाढी पीडितहरुलाई  राहत सामाग्री र नगद वितरण गर्न पुगेका पूर्वराजपरिवारका सदस्यहरुले यसअघि दार्चुलामा राहत सामाग्री वितरण गरे पनि ११ साउनमा कैलालीका बाढीपीडितलाई राहत वितरण गरेनन् । उनीहरुले राहत सामग्री जिल्ला विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

हिमानी ट्रस्टको आयोजनामा राहत वितरण गर्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज्ञी हिमानी शाह लगायतका पूर्वराजपरिवारका सदस्यहरु टीकापुर पुगेका थिए । उनीहरुलाई स्थानीय प्रशासनले सिधै राहत विरतण नगर्न दवाव दिएपछि राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।

हिमानी ट्रस्टकी अध्यक्ष हिमानी शाहले राहत सामग्री कैलाली जिल्ला प्रशासन कार्यालयका प्रशासनकीय अधिकृत चिरिञ्जीवि घिमिरे र नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सभापति उत्तम जोशीलाई हस्तान्तरण गरेकी छन् ।

राहत वितरण गर्न नपाएकोमा पूर्व राजपरिवारका सदस्यहरु खिन्न देखिन्थे “विपत्ति, आपत्ति, दुःख परेका बेला केही न केही मद्दत हुन्छ की भनेर आएका हौं,” पूर्वराजा शाहले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै भने, “प्रशासनले यस्तो किन गर्‍यो ? नियम सबैलाई लाग्छ । ’’

टीकापुर क्षेत्रका बाढीपीडित ५७२ परिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको हिमानी ट्रस्टले जनाएको छ । प्रत्येक परिवारलाई १५ किलोग्राम चामल, लत्ताकपडा, भाडाकुडा वितरण गर्ने कार्यक्रम भए अनुसार राहत लिन बाढीपीडितहरु पनि ठूलो संख्यामा आएका थिए ।

राहत नपाएपछि पीडितहरुले पूर्वराजपरिवारका पक्षमा नाराबाजी समेत गरेका थिए ।

हिमानी ट्रष्टले वितरण गर्ने राहत सामाग्री लिन आएका कैलालीका बाढी पीडितहरु ।

बच्चु विक, धनगढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>