समाचारशुक्रबार, साउन ११, २०७०

सशस्त्र समूहका कमाण्डर पक्राउ

हिमालखबर

नेपाल प्रहरीको ‘मोष्ट वाण्टेड’ सूचीमा रहेका सुनिल जयसवाललाई सीमावर्ती शहर भारत बिहारस्थित आदापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक सवेन्द्र खनालको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरीको टोलीले भारतीय प्रहरीको सहयोगमा ११ साउन विहान जयसवाललाई पक्राउ गरेको हो ।

पक्राउ गरिएका जयसवाल अहिले पनि भारतीय प्रहरीकै नियन्त्रणमा छन् । उनलाई नेपाल ल्याउने तयारी भईरहेको नारायणी अञ्चल प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हत्या, असुली जस्ता अपराधमा संलग्न ३० वर्षीय जयसवाल सुरक्षित आश्रयकालागि विगत केही वर्षदेखि परिवारसहित सीमापारि आदापुरमा बस्दै आएका थिए ।

वारा जिल्लाको गन्जभवानीपुर निवासी जयसवाल एमाओवादीको भोजपुरा राज्य समिति सदस्य सहित चारजनाको हत्याका घटनाका मुख्य योजनाकार समेत हुन् ।

सशस्त्र समूहमा प्रवेश गर्नुअघि जयसवाल सशस्त्र प्रहरीका हवल्दार थिए ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>