समाचारआइतबार, साउन १३, २०७०

सम्बन्ध सुदृढ गर्नमा भ्रमण सकारात्मकः नेता नेपाल

हिमालखबर

भारतको पाँच दिने भ्रमण पूरा गरी १३ साउनमा स्वदेश फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू भारतमा आशिर्वाद थाप्न नगएको स्पष्ट पार्दै दुवै देशको नेतृत्व तहमा सम्बन्ध सुदृढ पार्नका लागि गएको बताएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले भने, “नेताहरु भारत जाँदा आशिर्वाद थाप्न गए भन्नु गलत हो ।”

नेपालको समस्या नेपाली र नेपालका राजनीतिक दलहरु मिलेर सुल्झाउनु पर्ने भन्दै उनले तोकिएको समयमै निर्वाचन होस भन्ने भारतको चाहना भएको उनले बताए ।

नेपालले आफू प्रधानमन्त्री भएकाबेला शुरु भएको मध्यपहाडी राजमार्ग र अन्य विकास निर्माणका कार्यहरु सुचारु गर्ने बारे भारतीय पक्षसँग छलफल भएको जानकारी दिए ।

भारत विहारको नालन्दा विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा समेत सहभागी भएका नेता नेपालले बिहारको विकासले आफू प्रभावित भएको समेत बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>