थप समाचारआइतबार, साउन १३, २०७०

कृषि कार्यालय प्रमुखमाथि कर्मचारीद्वारा आक्रमण

हिमालखबर

१३ साउनमा बसेको जिल्ला कृषि विकास कार्यालय लमजुङको नियमित कर्मचारी बैठकमा कार्यालयका योजना अधिकृत सीताराम घिमिरेले कार्यालय प्रमुख किशोरप्रसाद पन्तमाथि बोतलले हिर्काएका छन् । बोतलले लागेर प्रमुख पन्तको चस्मा फुटेको छ भने आँखा नजिकै चोट लागेको छ । आक्रमण लगत्तै अधिकृत घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

गत १२ असारमा एक साप्ताहिक पत्रिकामा कार्यालय प्रमुख पन्तले आफू मातहतका कर्मचारी कामचोर भएको बताएको भन्ने समाचार प्रकाशित भएको विषयमा दुबै बीच भनाभनपछि आवेशमा आएर घिमिरेले बोतल प्रहार गरेको बैठकमा उपस्थित एक कर्मचारीले बताए । तर प्रमुख पन्तले भने उक्त पत्रिकामा कपोलकल्पित समाचार आएको र त्यसबारे आफुलाई कुनै जानकारी नभएको बताएका छन् ।

आक्रमण पश्चात आफुहरुले छेकेर थप क्षति हुनबाट रोकेको कार्यालयका अर्का कर्मचारी सूर्यकान्त अधिकारीले बताए ।

गृह जिल्ला समेत लमजुङ नै रहेका प्रमुख पन्तलाई सरुवा गराउन केही कर्मचारीहरु लागिपरेको र असफल भएपछि आक्रमणमा उत्रिएको पन्त निकट कर्मचारीले बताएका छन् ।

कार्यालयबाट प्रदान हुने सेवा प्रभावकारी रुपमा प्रदान गर्ने गराउने पन्तको कार्यशैलीका कारण कृषि मन्त्रालयले लमजुङलाई उत्कृष्ट जिल्लाको रुपमा राखेको छ ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>