समाचारआइतबार, साउन १३, २०७०
एमाओवादी कार्यकर्ताको संलग्नतामा लुटपाट
एमाओवादीको तमुवान राज्य समितिका सदस्य रविन्द्र अधिकारी भनिने नविन अधिकरीसहित प्रताप लामिछाने र टीकाराम विकले दुई जना व्यपारीको ८२ हजार रुपैयाँ नगद र एक थान मोवाईल लुटेको प्रहरीले जनाएको छ ।
व्यापारको सिलसिलामा लमजुङको अर्चलबोटमा पुगेका विजय जैसवाल र नत्थु महतोलाई अधिकारीको समूहले १२ साउन साँझ ७ वजे लुटपाट गरेका थिए । भोटेओडारका स्थानिय व्यापारी भरत थापाको पसलबाट चक्लेट लगायतका सामान र ज्ञानहरि सापकोटाको पसलबाट स्टेशनरी सामान खरिद गरेर गाउँमा विक्री गर्ने क्रममा अधिकारीको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।
लुटपाट गर्ने अधिकरीको समूहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको लमजुङका प्रहरी प्रमुख डिएसपी गोरखसिँ भण्डारीले बताए ।
युवराज श्रेष्ठ, लमजुङ
