समाचारआइतबार, साउन १३, २०७०

उद्योगीले राजनीतिक दललाई चन्दा नदिने

हिमालखबर

काठमाडौंमा १३ साउनमा व्यवसायिक आचार संहिता जारी गर्दै उद्योगी व्यवसायीले चन्दाका लागि बाध्य पारे संस्थागत रुपमै बिरोध गर्ने घोषणा गरेका छन् । अपारदर्शिता तथा भ्रष्ट्राचारले उद्योग व्यवसायको समग्र विकासमा नै हानी पु¥याउने भन्दै उनीहरूले चन्दा नदिने प्रतिवद्धता जनाएका हुन ।

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को संयोजनमा जारी भएको आचार संहिता ६ वटा विषयमा केन्द्रित छ । आचार संहिताले उपभोक्ता अधिकार, प्रतिस्पर्धात्मक बजार, कर प्रणाली, श्रम व्यवस्थापन, वातावरण संरक्षण र भ्रष्ट्राचारको विषयलाई समेटेको छ ।

उद्यमी व्यवसायीले सरकारले निर्धारण गरेको कर तिर्ने, उद्योग व्यवसाय गर्दा वातावरणमा ध्यान दिने, उपभोक्ता प्रति जिम्मेवार हुने, असल श्रम सम्बन्ध राख्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले आफ्नो व्यवसायमा श्रमिकले हानी पु¥याउने क्रियाकलाप गरे बिरोध गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>