समाचारसोमबार, साउन १४, २०७०

महाराजगञ्जस्थित गेष्टहाउसमा आगालागी

हिमालखबर

महाराजगञ्ज शिक्षण अस्पतालको अगाडी रहेको रामचन्द्र हुमागाँइको क्याफे एण्ड गेष्ट हाउसमा ग्याँस लिक भएर आगो लाग्दा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी हुमागाईंकी श्रीमती ५१ वर्षीया रञ्जु र त्यहीँ काम गर्ने ४५ वर्षींय नरेन्द्र बस्नेत घाइते भएका हुन् ।
भान्सामा राखिएको ग्याँस सिलिण्डर लिक भएर दुईवटा सिलिण्डर पड्किदा भएको आगलागीबाट झण्डै ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

आगलागी भएपछि त्यसक्षेत्रको यातायात समेत ठप्प भएको थियो । आगोलाई प्रहरी, सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>