समाचारसोमबार, साउन १४, २०७०
नेपालमा बाघको संख्या बढ्यो
अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा १४ साउनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपालमा बाघको संख्या १९८ रहेको र त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र र आसपासका वन क्षेत्रमा मात्रै १ सय २० बटा बाघ रहेको जनाएको छ ।
त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ५० वटा, शुक्लाफाँटा वन्य जन्तु आरक्ष क्षेत्रमा १७ वटा, पर्सा वन्यजन्तु अरक्ष र मध्यवर्ती क्षेत्रमा ७ वटा र बांके राष्ट्रिय निकुञ्जमा ४ वटा बाघ फेला परेका हुन् । विगतको तुलनामा यो संख्या धेरै हो ।
सन् २००९ को गणना अनुसार नेपालमा बाघको संख्या १ सय २१ थियो । प्रत्येक चार वर्षमा गणना गरिएको बाघको नया“ तथ्यांक सार्वजनिक गरिएको हो ।
बाघको नया“ तथ्यांक सार्वजनिक गर्दै वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर घर्ती मगरले सरकारले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पार्ने अभियान अन्र्तगत सरकारले विभिन्न दातृ निकायको सहयोगमा काम गरीरहेको बताए ।
कार्यक्रममा संरक्षण विद्हरले बिगतको तुलनमा बाघको बासस्थान र चोरी शिकारीमा केही कमी आएकाले बाघको संख्या बढेको बताएका छन् । बाघले आहरा गर्ने विभिन्न प्रजातिका जनावरको वृद्धिले पनि बाघको संख्यामा वृद्धि भएको संरक्षणविद्हरुले जानकारी दिए ।
पछिल्लो तथ्यांक अनुसार कपिलवस्तु र दाङमा पनि बाघको बास स्थान रहेको बताइएको छ । विश्वका १३ मुलुकमा बाघ पाइन्छ । विश्वभरमा रहेका तीन हजार बाघमध्ये भारतमा सबैन्दा बढी बाघ छन् । नेपाल आठौ स्थानमा पर्छ ।
