समाचारमंगलबार, साउन १५, २०७०

अध्यक्ष खनाल अमेरिका जाँदै

हिमालखबर

कतार एयरवेजको नियमित उडानबाट आज राति ११ वजे एमाले अध्यक्ष झलनाथ खनाल अमेरिका प्रस्थान गर्ने एमालेले जनाएको छ।

अध्यक्ष खनालले अमेरिकास्थित ‘ओभरसिज नेपाली फोरम’द्वारा आयोजित अमेरिकास्तरीय प्रथम सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।

अमेरिकामा खनालले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसँग १ अगष्टमा भेटवार्ता गर्ने भएका छन्।

अध्यक्ष खनालसँगै एमालेका केन्द्रीय सदस्य भीम रावल, पार्टीका केन्द्रीय सम्पर्क समन्वय कमिटीका सचिव भीष्म अधिकारी र खनालका स्वकीय सचिव रामबाबु अधिकारी पनि अमेरीका जाँदैछन्।

भ्रमण पूरा गरी अध्यक्ष खनाल २५ साउनमा स्वदेश फर्कने एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>