थप समाचारमंगलबार, साउन १५, २०७०
मकवानपुरमा बस दुर्घटना, ३१ घाइते
मकवानपुर आमभञ्ज्याङ्गको डुम्रेकुनाबाट हेटौँडा आउँदै गरेको बस आमभञ्ज्याङ्ग–१ बुङ्दलमा सडकबाट दश फिट तल झर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएकी आमभञ्ज्याङ्ग–१ सिमल्टारकी ३६ बर्षीया सुकुमाया थिङलाई थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य घाईतेको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।
बा २ ख ४७०५ नम्बरको मिनीबस बिहान करिब साढे नौ बजे दुर्घटना भएको थियो ।
उकालो लाग्दै गरेको बस एक्कासी खसेको प्रत्यक्षदर्शीले बताएका छन् । चालक र सहयोगी फरार रहेको प्रहरीले जनाएको छ ।
अशोकसुजन श्रेष्ठ/हेटौंडा

