समाचारमंगलबार, साउन १५, २०७०
आन्दोलनकारीसँगको वार्ता निष्कर्षविहिन

कांक्रेबिहारमा बुद्धमुर्ति स्थापना गर्न पाउनु पर्ने माग राख्दै सिंहदरबार धर्नाका क्रममा माइतीघरमा धर्नामा बसेका आन्दोलनकारी । तस्बीर: बिक्रम राई
नेपाल जनजाति महासंघ तथा अन्य आन्दोलनरत पक्ष र सरकारबीच १५ साउनमा भएको वार्तांमा सरकारले वन ऐन अनुसार कांक्रेबिहारमा मुर्ति स्थापना गर्न नमिल्ने बताएपछि विना निष्कर्ष टुंगिएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ, अखिल नेपाल भिक्षु महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाले सुर्खेतको कांक्रेबिहारमा बुद्धमुर्ति स्थापना गर्न पाउनु पर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।
१५ साउनमाा भएको वार्तामा सरकारका तर्फबाट संस्कृति मन्त्री रामकुमार श्रेष्ठ नेतृत्वको टोली सहभागी थियो । वार्तामा वन ऐन अनुसार कांक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्न नमिल्ने भन्दै सकारका तर्फबाट अन्य विकल्प खोज्न गरिएको प्रस्ताव आन्दोलनरत पक्षले अस्वीकार गरेका छन् ।
आजको वार्तामा सहमति हुन नसकेपछि २० साउनमा पुनः वार्ता हुने भएको छ ।
