समाचारमंगलबार, साउन १५, २०७०

निर्वाचनको विरोध गर्नेमाथि प्रहरीको लाठी

हिमालखबर

महानगरीय प्रहरी परिसर ललितपुरले १५ साउन दिउँसो कुपण्डोलको एक पर्खालामा निर्वाचन विरोधी सन्देश लेखिरहेका नेकपा–माओवादीका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिंदा अन्य कार्यकर्ताहरुले प्रतिरोध गरेपछि प्रहरीले लाठी चार्जं गरेको थियो ।

ललितपुर कुपण्डोलस्थित होटल हिमालय अगाडि मूलबाटोको भित्तामा “संविधानसभाको निर्वाचन बहिस्कार गरौं” भन्ने सन्देश लेखिरहेको बेला पाटनढोकाका श्याम बज्राचार्य र सोलुखुम्बुका सिर्जना किराँतीलाई प्रहरीले पक्राउ गरेको हो ।

भित्तेलेखन नगर्न सामान्य सम्झाइबुझाइ गर्दा अटेर गरेपछि लाठी चार्ज गर्नु परेको र दुईजनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रामदत्त जोशीले बताए ।

प्रहरीको लाठीप्रहारबाट घाइते सातजना कार्यकर्ता भागेर आफ्नो सम्पर्कमा आएका नेकपा–माओवादी ललितपुरले जनाएको छ ।

सो घटनापछि ललितपुरको कुपण्डोल क्षेत्रमा करिब डेढ घण्टा यातायात र पसलहरु बन्द भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>