समाचारबुधबार, साउन १६, २०७०
माओवादीलाई वार्तामा आउन फेरि आग्रह
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति रामवरण यादवलाई १६ साउनमा भेट गरे लगत्तै सरकारले नेकपा–माओवादी नेतृत्वको मोर्चालाई वार्तामा आउन आग्रह सहित पत्र पठाएको छ ।
गृहमन्त्री माधवप्रसाद घिमिरेले नेकपा–माओवादी अध्यक्ष मोहन बैद्यलाई फेरि पत्र पठाएका हुन् । पत्रमा सम्वाद र छलफलबाटै सबै समस्याको समाधान हुने भन्दै विना शर्त वार्तामा आउन आग्रह गरिएको छ ।
राष्ट्रपति यादवले असन्तुष्ट दलहरुसँग वार्ता गरेर उनीहरुलाई जसरी भए पनि चुनावी प्रक्रियामा ल्याउन मन्त्रीपरिषद अध्यक्ष रेग्मीलाई आग्रह गरेका थिए ।

