थप समाचारबिहीबार, साउन १७, २०७०
सिरहामा आगलागी, १० लाखको क्षति
सिरहाको सखदैनामा स्थानीय देबेन्द्र पहरी ठाकुरले संचालन गरेको फर्निचर उद्योगमा विद्युत सर्ट भई भएको उद्योगमा भएका सबै सामान जलेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार फर्निचरबाट फैलिएको आगोले नजिकै टा“गिएका तीन वटा त्रिपाल र त्यहा“ भएका सामानसमेत जलेको छ ।
स्थानीयबासी र प्रहरीले राति पौने १ बजे आगो नियन्त्रणमा लिएका थिए ।
कमल रिमाल, विराटनगर

