थप समाचारबिहीबार, साउन १७, २०७०

बेलायतको विद्यालयमा स्कर्ट लगाउन प्रतिबन्ध

हिमालखबर

बेलायतको रेडिच शहरस्थित वाकउड सी अफ ई मिडिल स्कुलले छात्राहरुलाई स्कर्ट लगाउन प्रतिबन्ध लगाएको छ । विद्यालय प्रशासनका अनुसार छात्राहरुले ब्लाउज लगाएर पनि विद्यालय आउन पाउने छैनन् ।

प्रधानाध्यापक डेविड डाउटफायरले छात्राहरुका अभिभावकलाई पत्र लेख्दै विद्यालय युनिफर्ममा हुने परिवर्तन आगामी सेप्टेम्बरदेखि हुने जनाएको बेलायती अखबार ‘द टेलिग्राफ’ ले उल्लेख गरेको छ । टेलिग्राफका अनुसार प्रधानाध्यापकले छात्राहरुको स्कर्ट छोटो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै आफ्ना छात्राहरु भद्दा नदेखिउन भन्ने चाहना रहेको बताएका छन् ।

छात्राहरुले पनि छात्रहरुको जस्तै प्याण्ट लगाउनु पर्ने विद्यालयको निर्देशन छ ।

कतिपय अभिभावकहरुले यस्तो निर्देशनलाई ‘सन्की’ बताउँदै छात्राहरुलाई स्कर्ट लगाउन दिइनुपर्ने माग गरेका छन् ।

भारत, पाकिस्तान र अरब देशहरुमा छात्राहरुले कस्तो पोसाक लगाउने भन्ने बारे विभिन्न नियम बनाइएको सुन्न पाइन्छ । तर युरोपेली देशको कुनै विद्यालयमा यस्तो कुरा विरलै सुनिन्छ ।

केही दिन पहिले भारतको दिल्लीस्थित अलिगढ मुस्लिम विश्वविद्यालयले पनि छात्राहरुको पोसाकका बारेमा विशेष निर्देशन जारी गरेको थियो । तर छात्राहरुको विरोध र मिडियाले पनि यस्तो निर्देशनलाई गम्भीरतापूर्वक उठाएपछि विश्वविद्यालयले आफ्नो निर्देशन फिर्ता लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>