थप समाचारबिहीबार, साउन १७, २०७०
फरार कैदी नियन्त्रणमा
कर्तव्यज्यान मुद्दामा सजाय पाएका बाँके मनिकापुर–८ बस्ने ४५ वर्षीय सैफु नाउ गत २० जेठमा जिल्ला कारागार शाखा बाँकेबाट फरार भएकामा प्रहरीले नियन्त्रणमा लिई १७ साउनमा सार्वजनिक गरेको छ ।
नाउ फरार भएपछि कारागारका जेलरलाई निलम्बन गरी खोजी तीव्र पारिएको थियोे । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लको नेतृत्वमा रहेको प्रहरीको टोलीले नाउलाई १६ साउन साँझ ८ बजे बर्दिया जिल्लाक कालिका गाविस वडा नं ६ बाट नियन्त्रणमा लिई आज जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
विसं २०६० जेठ २८ गतेदेखि कैदी जीवन बिताउँदै आएका नाउले ५१.६५ प्रतिशत कैद भुक्तान गरी कारागारको आन्तरिक प्रशासनको दाइ नाइकेका रुपमा काम गर्दै आएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।
यसैबीच बाँके प्रहरीले सुनको सिक्री चोरी गर्ने समूहका नाइके हेमराज गिरी र डम्बरबहादुर मगरलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ ।
रासस
