समाचारबिहीबार, साउन १७, २०७०

‘एक वर्षमा संविधान नबने जनमत संग्रह’

हिमालखबर

कम्युनिष्ट नेता तुलसीलाल अमात्यको १६ औं स्मृति दिवसमा १७ साउनमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ संविधानसभाले एक वर्षभित्रै संविधान जारी गर्नुपर्ने बताएका छन् । उनले सो अवधिमा संविधान जारी हुन नसके जनमत संग्रहबाट देशलाई निकास दिनुपर्ने धारणा व्यक्त गरे ।

नेता नेपालले संघीयताको आधार एकल जातीय पहिचान हुन नसक्ने भन्दै मुलुकमा साझा पहिचानसहितको संघीयता हुनु पर्नेमा जोड दिए । सबै राजनीतिक दलहरुले नयाँ संविधानसभालाई अन्तिम मौकाको रुपमा प्रयोग गर्न आग्रह गर्दै उनले यस्तो संवेदनशिल विषयमा खेलवाड नगरी निर्वाचन प्रक्रियामा सहभागी हुन असन्तुष्ट दलहरुलाई आह्वान गरे ।

कार्यक्रममा एमाओवादी नेता नारायणकाजी श्रेष्ठले परिवर्तनका उपलब्धिलाई संस्थागत गर्न नसके राष्ट्रिय स्वाधिनता खतरामा पर्ने र देश फेरि द्वन्द्वमा फस्ने भएकाले सबै दलहरु चुनावमा सहभागी हुनुपर्ने धारणा राखे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जातीय संघीयताको मुद्दाले संविधान बन्न नसकेको भन्दै नेपालमा संघीयता नभई विकेन्द्रिकरण नै उपयुक्त हुने जिकिर गरे ।

अध्यक्ष केसीले चार दलले निर्दलीय सरकार गठन गरेर निर्वाचनका बाधक तत्वलाई प्रोत्साहन दिएको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>