समाचारशुक्रबार, साउन १८, २०७०
बबरमहल विष्फोटका अभियुक्त पक्राउ
प्रहरीले दुई वर्षअघि तीन जनाको ज्यान जाने गरी काठमाडौ बबरमहलमा भएको बम विष्फोटमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर हनुमान ढोकाले संयुक्त जातीय मुक्ति मोर्चाका वीरेन्द्र तामाङ, सनबहादुर परियार, निमा शेर्पा, सन्तोष माझी र भानी नाथलाई पक्राउ गरिएको जनाएको छ ।
पाँचै जना काठमाडौ उपत्यकामा आतंक मच्चाउने लगायत संविधानसभा चुनाब विथोल्ने सम्मका गतिविधिमा समेत लागेको सूचना पाएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुका साथबाट बम बनाउने सामाग्री समेत बरामद गरेको छ ।
अभियुक्तहरुलाई १८ साउनमा म्याद थपका लागि जिल्ला अदालत काठमाडौ लगिएको छ ।
१५ फागुन २०६८ मा बबरमहलस्थित आयल निगम र जिल्ला अदालत अगाडि भएको बम विष्फोटमा परी तीन जनाको ज्यान गएको थियो ।

