समाचारशुक्रबार, साउन १८, २०७०
कोइरालासँगै सिटौला र सिंह भारत जाने
कांग्रेस सभापति कोइराला भारत सरकारको निमन्त्रणामा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि २० साउन दिउँसो ३:४० बजे एयर इण्डियाको उडानद्वारा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।
कोइरालाको साथमा कांग्रेस महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रहने पनि नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोइरालासँगै उनका स्वकीय सचिव लक्ष्मण ढकाल पनि भारत जानेछन् । ढकालका अनुसार सभापित कोइरालाले भ्रमणका क्रममा कांग्रेस आईका अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री मनमोहन सिंह तथा अन्य उच्च तहका नेताहरुसँग भेट वार्ता गर्ने कार्यक्रम छ ।
उनले भारतको बिहार र उत्तर प्रदेशको समेत भ्रमण गर्ने कार्यक्रम तय भएको ढकालले बताए ।
